संस्थापक सदस्य थापाकाे निधन

संस्थापक सदस्य थापाकाे निधन

मिति : २०८०।११।२४

शोक विज्ञप्ति

नेपाल पत्रकार महासंघ बैतडी शाखाका संस्थापक सदस्य तथा वरिष्ठ पत्रकार जीतसिंह थापाको ७३ वर्षको उमेरमा भएको असामयिक निधनले स्तब्ध र दुःखी भएका छौं । लामो समयदेखि दम रोगबाट पीडित पत्रकार थापाको बुधबार साँझ दथरथचन्द नगरपालिका–८ पुजारागाउँ भट्टाडस्थित निवासमै निधन भएको हो ।

विसं २००७ सालमा जन्मनुभएका थापाले लामो समय भारतीय राष्ट्रिय दैनिक अमर उजालामा काम गर्नुभएको थियो । यस शाखाका संस्थापक सदस्य समेत रहनुभएका थापा हाल महासंघका साधारण सदस्य हुनुहन्थ्यो ।

पत्रकारिता र सामाजिक क्षेत्रमा संलग्न रहनुभएका थापाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय थापाका श्रीमती, २ छोरा र १ छोरी हुनुहुन्छ ।

स्वर्गीय पत्रकार थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं ।

विनोदसिंह बिष्ट
सहसचिव