नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका सम्बन्धि सूचना

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका सम्बन्धि सूचना

अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त दिन आह्वान गरिन्छ ।

यो पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिने छ । पुरस्कारको राशी २,२२,२२२.२२ (दुई लाख बाइस हजार दुईसय बाइस रुपैयाँ, बाइस पैसा) रहेको छ । यससम्बन्धी थप जानकारी तथा फारमका लागि महासंघको वेबसाईट fnjnepal.org वा नेजाको वेबसाईट neajausa.org मा हेर्नुहोला ।

यस पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकारले २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्ममा प्रकाशन/प्रशारण भएका कम्तिमा तीनवटा सामग्री महासंघको इमेल [email protected] मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने छ । दरखास्त दिने समय २०८० साल वैशाख १२ गतेदेखि वैशाख २७ गतेसम्म तय गरिएको छ ।